इन्स्टाग्राम बायोमा बुकिङ लिंक राख्नुहोस्

तपाईंको इन्स्टाग्राम बायोका लागि Glowful को निःशुल्क बुकिङ लिंक। फलोअरले ट्याप गरेर खाताबिना बुक गर्छन्।

आफ्नो पेज बनाउनुहोस्
परिचय कल र पोर्टफोलियो समीक्षा भएको बुकिङ पेज, फलोअरले फोनमा देखेजस्तै

इन्स्टाग्राममा बुकिङ लिंक कसरी राख्ने?

  1. आफ्नो बुकिङ पेज बनाउनुहोस्

    Google वा इमेलमा आएको कोडबाट Glowful मा साइन इन गर्नुहोस् अनि फलोअरले के बुक गर्न सक्छन्, त्यो थप्नुहोस्, जस्तै १५ मिनेटको परिचय कल। हेर्नुहोस् बुकिङ पेजले के के गर्न सक्छ।

  2. आफ्नो लिंक कपी गर्नुहोस्

    सेयर गर्नुहोस् खोलेर लिंक कपी गर्नुहोस् मा ट्याप गर्नुहोस्। हरेक इभेन्ट प्रकारको छुट्टै लिंक पनि हुन्छ, बायोबाट एकै किसिमको भेटमा लैजान चाहनुभयो भने।

  3. प्रोफाइलमा टाँस्नुहोस्

    इन्स्टाग्राममा प्रोफाइल सम्पादन गर्नुहोस् मा ट्याप गर्नुहोस्, त्यसपछि लिंकहरू र बाह्य लिंक हाल्नुहोस् मा। लिंक टाँसेर भयो मा ट्याप गर्नुहोस्। एउटा प्रोफाइलमा बढीमा पाँचवटा लिंक राख्न सकिन्छ।

  4. स्टोरीमा सेयर गर्नुहोस्

    नयाँ समय खोल्दा उही लिंकसहितको लिंक स्टिकर स्टोरीमा थप्नुहोस्। एकदमै नयाँ खातामा यो स्टिकर अझै नहुन सक्छ।

ट्याप गरेपछि फलोअरले के देख्छन्

बुकिङ पेज इन्स्टाग्रामकै ब्राउजरमा खुल्छ, त्यसैले बुक गर्न कसैले एप छोड्नु पर्दैन।

  • आफ्नै समय क्षेत्रमा समय

    टोकियोमा रहेका फलोअरले काठमाडौंको ९:०० बजेको तपाईंको समय १२:१५ का रूपमा देख्छन्, अनि पेजमै समय क्षेत्र बदल्न सक्छन्।

  • नाम र इमेल मात्र

    उनीहरू समय छान्छन्, नाम र इमेल लेख्छन्, अनि तपाईंले प्रश्न थप्नुभएको भए जवाफ दिन्छन्।

  • भेट सार्ने सजिलो उपाय

    पुष्टि इमेलमा क्यालेन्डर फाइल र समय सार्ने वा रद्द गर्ने लिंक हुन्छ, त्यसैले योजना बदलिँदा तपाईंको DM भरिँदैन।

फोनका दुई स्क्रिन: टोकियोको समय क्षेत्रमा १२:१५ देखिका खाली समय र अर्को बटन, अनि नाम, इमेल र पोर्टफोलियो लिंक माग्ने फारम

प्रश्नहरू

बुकिङ लिंक निःशुल्क छ?

छ। Glowful निःशुल्क छ र अहिले कुनै सशुल्क योजना छैन। इभेन्ट प्रकार थप्दा, बदल्दा वा लुकाउँदा पनि लिंक उही रहन्छ, त्यसैले बायोमा कहिल्यै नयाँ लिंक राख्नु पर्दैन।

बरु इन्स्टाग्रामको बुकिङ बटन प्रयोग गर्न मिल्छ?

इन्स्टाग्रामको बुकिङ गर्ने एक्सन बटन उसको सूचीमा भएका बुकिङ साझेदारसँग मात्र चल्छ, Glowful त्यो सूचीमा छैन। बायोको लिंकले एक ट्याप बढी लिएर उही बुकिङ पेज खोल्छ।

उही लिंक TikTok वा लिंक-इन-बायो पेजमा राख्न मिल्छ?

मिल्छ। यो साधारण वेब ठेगाना भएकाले लिंक चल्ने जुनसुकै ठाउँमा चल्छ: TikTok बायो, लिंक-इन-बायो पेज, WhatsApp वा इमेल हस्ताक्षर।

कसैले बुक गरेको कसरी थाहा पाउने?

समय र सबै जवाफसहितको इमेल आउँछ, अनि भेट ड्यासबोर्डको भेटघाटहरूमा देखिन्छ। Google Calendar जोडेको भए त्यहाँ पनि पुग्छ।